कपिलवस्तु : कपिलवस्तुका पूर्वनगरप्रमुख रामदास गुप्ताको ८३ वर्षको उमेरमा निधन भएको छ। बिहीबार बिहान कपिलवस्तु नगरपालिका–२ स्थित जमुवार टोलमा बस्दै आएका पूर्वनगर प्रमुख गुप्ताको निवासमा निधन भएको हो। उनी ३/४ वर्ष यतादेखि सिकिस्त बिरामी रहँदै आएका थिए।गुप्ता २०२७ सालमा बरगदवा गाउँ पञ्चायतको प्रधानपञ्च बनेका थिए। त्यसपछि तौलिहवा आदर्श गाउँ पञ्चायतको उपप्रधानपञ्च हुँदै २०३९ र २०४३ सालमा प्रधानपञ्च निर्वाचित भएका थिए।बहुदलीय व्यवस्था स्थापनापछि २०४९ र २०५४ सालको स्थानीय निर्वाचनमा राष्ट्रि