काठमाडौं : पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको कोहटमा अवैध सुन खानीविरुद्धको अभियानबाट फर्किरहेको प्रहरी टोलीमाथि आक्रमण भएको छ। आक्रमणमा कम्तिमा १० सुरक्षाकर्मी र १८ आतङ्ककारी मारिएका छन्। कोहट प्रहरी प्रवक्ता नोमान जेबले बीबीसी उर्दूलाई बताएअनुसार मृत्यु हुनेमा डीएसपी दर्जाका अधिकारी हैदर जमान पनि छन्।खैबर पख्तुनख्वा प्रहरीका अनुसार कोहट शहर नजिकैको दाराबुकाच क्षेत्रमा प्रहरीले स्थानीय प्रशासनसँग संयुक्त अभियान चलाएको थियो। प्रहरी टोली अपरेशन पूरा गरेर फर्किरहेको बेला आतंककारीहरूल आक्र