काठमाडौं : नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले चाडपर्वको उल्लासबाट बाहिर निस्केर गरिब, असहाय तथा विपन्न समुदायको अवस्थाबारे सोच्न आग्रह गरेका छन्। उनले धेरै नाचगान, रमाइलो र खुसी साटासाट गरिसकेकाले अब गरिब, असहाय, बाढीपीडित, सुकुम्बासी तथा विदेशिएका नेपालीले कसरी चाडपर्व मनाए होलान् भनेर सोच्ने बेला आएको बताएका हुन्। ‘अब चाडपर्वको उल्लासबाट बाहिर निस्कने बेला भयो। धेरै नाच्यौँ, रमायौँ, खुसी साट्यौँ; अब एकपटक सोचौँ!’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘गरिब, असहाय, बाढीपीडित, सुकुम्बासी र विदेशिएका नेपालीले कसरी चाडपर्व मनाए होलान्?’ आफूसँग केही पनि नभएको अवस्थाको पीडा अनुभूति गर्न आग्रह गर्दै भण्डारीले समाजमा रहेका अभाव पहिचान ... The post आफ्नो खुसीसँगै अरूको पीडामा सहभागी बनौँ : भण्डारी appeared first on Kalika Khabar.