छठको रौनक : गौशालाको केरा बजारमा बढ्यो चहलपहल

  • बिहीबार २७ कात्िक २०८३ ०१:०० PM
महोत्तरी : छठपर्व नजिकिएसँगै महोत्तरीको प्रमुख व्यापारिक केन्द्रका रूपमा परिचित गौशाला बजारमा चहलपहल बढेको छ। विशेषगरी छठपर्वमा मुख्य प्रसादका रूपमा प्रयोग गरिने केराको कारोबारमा वृद्धि भएको छ।छठपर्वका लागि आवश्यक सामग्री खरिद गर्न बजार आउने ग्राहकको संख्या बढेसँगै गौशालाको केरा बजारमा भीडभाड देखिन थालेको हो। बजारमा केराको घरी खरिदबिक्री गर्ने व्यापारी तथा उपभोक्ताको चाप बढेको छ। छठमा केरालाई महत्वपूर्ण प्रसादका रूपमा चढाउने धार्मिक परम्परा रहेकाले यस समयमा केराको माग बढी हुने गरेको छ।पर्व नजिकि