नक्कली भुटानी शरणार्थी  प्रकरण : सजाय कटाएर पूर्वउपप्रधानमन्त्री रायमाझी कारागारबाट मुक्त

  • बिहीबार २७ कात्िक २०८३ ११:०० AM
काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा सजाय कटाएर पूर्वउपप्रधानमन्त्रीटोपबहादुर रायमाझी थुनामुक्त भएका छन् । ६५ वर्षीय रायमाझीले उमेरहदका कारण सजाय छुट पाएर आज बिहान डिल्लीबजार कारागारबाट मुक्त हुन् ।रायमाझीलाई काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा, संगठित अपराध, राज्यविरूद्धको कसुरमा दोषी ठहर गरेको थियो। ६५ वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकलाई तोकिएको कैद सजायमा सामान्यतया २५ प्रतिशतसम्म कैद छुट दिने व्यवस्था प्रचलनमा छ।तिहारअघि नै रायमाझीलाई कैदमुक्त गर्न काठमाडौं ज