मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा माइक्रोबस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । घटनामा पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा ५ पुरुष, ३ महिला र २ बालिका रहेका छन् । काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको माइक्रोबस आज बिहान करिब ६ः१० बजे भीमफेदी गाउँपालिका–६, चिसापानी गढीस्थित भीमफेदी–कुलेखानी सडकखण्डबाट करिब ७०० मिटर तल खसेर