भीमफेदीमा ईभी गाडी दुर्घटना : १० जनाको मृत्यु

  • बिहीबार २७ कात्िक २०८३ ०३:५० AM
काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानी गढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा आज बिहान यात्रुबाहक विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार दुर्घटनामा ५ जना पुरुष, ३ जना महिला र बालिका २ जनाको मृत्यु भएको हो । दुर्घटनामा ५ (बालक २, पुरुष ३) जना घाइते भएका छन् । ३ जना घाइतेहरुलाई हेटौंडा अस्पतालमा ल्याइ उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । आज बिहान काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको गाडी अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खसेको थियो । The post भीमफेदीमा ईभी गाडी दुर्घटना : १० जनाको मृत्यु appeared first on Kalika Khabar.