काठमाडौं : मकवानपुर भीमफेदी गाउँपालिका–६ चिसापानी गढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा यात्रुवाहक माइक्रोबस दुर्घटना भएको छ । आज बिहान ५:४५ बजे काठमाडौंबाट सर्लाहीका लागि आउँदै गरेको गाडी दुर्घटनामा परेको हो। प्रहरीका अनुसार गाडीमा चालकसहित १३/१४ जना सवार रहेको खुलेको छ । दुर्घटनामा गम्भीर घाइतेलाई अस्पतालमा लगिएको छ। केहीको मृत्यु भएको प्रहरीको आशंका छ। घटनास्थलमा उद्दार कार्य भइरहेको र थप विवरण आउन बाँकी रहेको छ ।