भीमफेदीमा ईभी हाइस दुर्घटना : १० जनाको मृत्यु, ५ जना घाइते

  • बिहीबार २७ कात्िक २०८३ १०:०० AM
काठमाडौं : मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा माइक्रो दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ।बिहीबार बिहान काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको म.प्र.०३-००१ ज ०८८० नम्बरको यात्रु बाहक ईभी हाइस सडकबाट खस्दा १० जनाको मृत्यु र ५ जना घाइते भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार घाइतेमध्ये ५ जना पुरुष, ३ जना महिला र २ बालिका रहेका छन्।