एनपीएल : आज पोखरा एभेन्जर्स र विराटनगर किङ्स तथा कर्णाली याक्स र लुम्बिनी लायन्स भिड्दै

  • बिहीबार २७ कात्िक २०८३ ०४:१२ AM
काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटमा आज दुई खेल हुँदै छन् । आज मध्याह्न १२ः३० मा सुरु हुने खेलमा पोखरा एभेन्जर्स र विराटनगर किङ्स तथा अपराह्न ५ः०० बजेदेखि सुरु हुने खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्स प्रतिस्पर्धा गर्ने छन् । यी दुईवटै खेल कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा हुने तालिका छ