काठमाडौं : इन्डोनेसियाका उपराष्ट्रपति गिब्रान राकाबुमिङ राकाले शैक्षिक प्रमाणपत्रसम्बन्धी विवाद उत्कर्षमा पुगेपछि पदबाट राजीनामा दिएका छन् । सर्वोच्च अदालतले सन् २०२४ को निर्वाचनका क्रममा उनले पेस गरेको माध्यमिक तहको शैक्षिक कागजात अमान्य भएको फैसला सुनाएपछि गिब्रान नैतिक तथा संवैधानिक दबाबमा परेका थिए ।उनका सहयोगी बुदी आरिएका अनुसार गिब्रानले बुधबार राष्ट्रपति प्रबोवो सुबियान्तोसमक्ष सीधा राजीनामा पत्र बुझाएका हुन् । यद्यपि, राष्ट्रपतिबाट उक्त राजीनामा स्वीकृत भइसकेको छ वा छैन भन्नेबारे आधिकारि