नक्कली भुटानी शरणार्थी प्रकरणमा कारागारमा रहेका एमाले नेता एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी रिहा भएका छन् । भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भोगिरहेको उनी आज बिहान डिल्लीबजार कारागारबाट रिहा भएका हुन् । ६५ वर्षीय रायमाझी ज्येष्ठ नागरिकको सुविधा पाएर रिहा भएका हुन् । रायमाझीले काठमाडौँ जिल्ला अदालतमा दिएको निवेदनका आधारमा अदालतले रायमाझीलाई ज्येष्ठ नागरिकको सुविधाअनुसार कैदमुक्त