दिल्लीमा खुला ढलमा खसेर ४ वर्षीय बालकको मृत्यु

  • बिहीबार २७ कात्िक २०८३ ०७:०० AM
काठमाडौं : दिल्लीको बापरोला क्षेत्रमा मंगलबार दिउँसो खुला ढल मा खसेका ४ वर्षका बालकको करिब २४ घण्टापछि शव भेटिएको छ। बालकलाई बचाउन एनडीआरएफ र उद्धार टोलीले लगातार अपरेसन चलाएका थिए, तर उनलाई बचाउन सकिएन।बुधबार निलोठी स्थित वाटर ट्रिटमेन्ट प्लान्टमा बालकको शव धेरै टुक्रामा फेला परेको छ। ढल प्रसोधन केन्द्रमा फोहोर पानी सफा गर्ने ठूला घुम्ने मेसिनहरूको कारण शव टुक्रा-टुक्रा भएको हुन सक्ने प्रहरीको अनुमान छ। शवको पहिचानका लागि डिएनए परीक्षण गराइनेछ र पोस्टमार्टमका लागि सञ्जय गान्धी मेमोरियल अस्पतालम