म्याड्रिड : आवासको बढ्दो मूल्य र महँगीविरुद्ध स्पेनमा १४ वर्षपछि पहिलोपटक देशव्यापी आमहडताल भएको छ । बुधबार भएको हडतालका कारण यातायात तथा अन्य सार्वजनिक सेवाहरू प्रभावित भएका छन् ।देशका प्रमुख सहर म्याड्रिड र बार्सिलोनासहित विभिन्न स्थानमा हजारौँ मानिसले प्रदर्शन गरेका छन् । राजधानी म्याड्रिडमा मात्रै दशौँ हजार प्रदर्शनकारी सडकमा उत्रिएका थिए ।हडतालमा व्यापक सहभागिता रहेको प्रमुख श्रमिक सङ्गठन यूजीटीका प्रमुख पेपे अल्भारेजले दाबी गरेका छन् । अर्का श्रमिक सङ्गठन सीसी ओओका प्रमुख उनाइ सोर्दोल