काठमाडौँ : इटालीका ६ हजार ३०० भन्दा बढी सरकारी विद्यालयमा इमेलमार्फत बम विस्फोट गराउने धम्की आएपछि सुरक्षा सतर्कता बढाइएको छ ।देशका कुल ७ हजार ४७६ सरकारी विद्यालयमध्ये ६ हजार ३०० विद्यालयको आधिकारिक इमेलमा बुधबार एउटै प्रकृतिको धम्कीपूर्ण सन्देश पठाइएको थियो । निजी विद्यालयलाई भने यस्तो धम्की आएको छैन ।राजधानी रोमसहित नेपल्स, मिलान, जेनोआ, फ्लोरेन्स, पिसा र ट्रिएस्टेका विद्यालयहरूमा समेत धम्की आएको थियो । सावधानीका रूपमा विभिन्न विद्यालय भवन खाली गराइएको थियो ।इटालीका शिक्षामन्त्री ग्युसेपे वाल्