जलवायु विपद्को भार नेपालले एक्लै धान्न सक्दैन : अर्थमन्त्री वाग्ले

  • बिहीबार २७ कात्िक २०८३ १२:०० AM
काठमाडौँ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जलवायुजन्य विपद्बाट हुने क्षति तथा पुनर्निर्माणको आर्थिक भार नेपालले एक्लै धान्न नसक्ने बताएका छन् ।टर्किएमा जारी संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन कोप–३१ अन्तर्गत नेपाल पेभिलियनमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपालजस्ता जलवायु जोखिममा रहेका मुलुकलाई विशेष अन्तर्राष्ट्रिय वित्तीय सहायता आवश्यक रहेको बताएका हुन् ।उनले विपद्पछिको उद्धार, राहत, पुनर्निर्माण र आर्थिक पुनरुत्थानका लागि अनुदान, सहुलियतपूर्ण ऋण तथा ऋण राहतसहितको विशेष वित्तीय प्या