पटाका पड्काउँदा ऐतिहासिक सम्पदा पाँचतल्ले मन्दिरमा जोखिम हुनसक्ने चिन्ता

  • बुधबार २६ कात्िक २०८३ १२:२८ PM
भक्तपुर – विश्वसम्पदा सूचीमा सूचीकृत भक्तपुरको टौमढीस्थित पाँचतल्ले मन्दिर परिसरमा पटाका पड्काउँदा ऐतिहासिक सम्पदा र मानव स्वास्थ्यमा जोखिम बढेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् । न्हुदँया भिन्तुना र्‍याली (नयाँं वर्ष नेपाल सम्वत् ११४७ को शुभकामना रयालीका) सहभागी तथा आन्तरिक पर्यटकले मंगलबार राति करिब ८ बजेदेखि मध्यरातिसम्म टौमढी क्षेत्रमा सयौँको संख्यामा पटाका पड्काएका थिए ।