तिहारलाई लक्षित गर्दै काठमाडौँ उपत्यकामा ट्राफिक व्यवस्थापनका लागि क्विक रेस्पोन्स टिम (क्यूआरटी), मोबाइल गाडी तथा सीसी क्यामेरामार्फत निगरानी भइरहेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी नरेशराज सुवेदीले नेपाल न्युज बैंकसँगको कुराकानीमा ट्राफिक व्यवस्थापनका लागि विभिन्न साधन तथा टोली परिचालन गरिएको बताए। उनले भने, ‘हामीले ट्राफिक व्यवस्थापनका लागि ट्राफिकका साधनहरू परिचालन गरेका छौँ। हाम्रा