काठमाडौं : अञ्जली मास्के (अञ्जली दिदी) ले दिदीबहिनी नभएका दाजुभाइलाई तिहारको सामूहिक भाइटीका लगाइदिएकी छन्।वि.सं. २०५५ सालदेखि निरन्तर सामूहिक भाइटीका लगाइदिँदै आएकी अञ्जली दिदीले बिहीबार काठमाडौँको वसन्तपुरस्थित काष्ठमण्डपमा दाजुभाइलाई सप्तरङ्गी टीका र मखमलीको माला लगाइदिएकी हुन्।आफूले यही स्थानमा निरन्तर २८ वर्षदेखि सामूहिक भाइटीका लगाइदिँदै आएको उनले बताइन्। उनले दिदीभाइबीच निस्वार्थ रूपमा माया बढिरहोस् भन्ने कामनाका साथ आगामी दिनमा पनि भाइटीकालाई निरन्तरता दिने बताइन्।