काठमाण्डु- भाइटीकाको दिन बुधबार दिउँसो मौसममा आएको अचानक परिवर्तनसँगै काठमाडौं उपत्यकाका विभिन्न स्थानमा असिनासहित वर्षा भएको छ। दिउँसो करिब साढे १ बजेदेखि काठमाडौं, ललितपुर र भक्तपुरका क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा असिना परेको हो। अचानक परेको असिनापानीले टीका लगाउन आफन्तका घरतर्फ हिँडेका र चाडपर्व मनाइरहेका सर्वसाधारणलाई केही समय असहज बनाएको छ। वर्षाका कारण