काठमाडौं : काठमाडौं उपत्यकामा बुधबार दिउँसो असिनासहितको पानी परेको छ।उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा बुधबार दिउँसो असिनापानी परेको हो। असिनापानीका कारण भाइटीका लगाउन हिँडेका मानिसहरू प्रभावित भएका छन्।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसो देशका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा साधारणतया बदली रहने विभागले जनाएको छ।आज राति देशका हिमाली भूभागमा आंशिक बदली रह