काठमाडौं : गोरखाको सिरानचोक गाउँपालिका–२, सिउरेनीमा रोकिराखेको ट्याक्सी अचानक ब्याक भएर सडकबाट खस्दा पाँच जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।बुधबार बिहान ११ः३० बजे चित्रेपोखरीबाट सिउरेनीतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००२ ज ७६८८ नम्बरको ट्याक्सी कच्ची सडकको छेउमा रोकिराखेको अवस्थामा अचानक ब्याक भई सडकबाट करिब ४० मिटर तल खसेको हो। दुर्घटनामा परेर ट्याक्सी चालकसहित पाँचै जना घाइते भएका हुन्। घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल