राष्ट्रपति रामचन्द्र पौडेलले ग्रहण गरे तिहारको भाइटीका

  • बुधबार २६ कात्िक २०८३ ०१:०० PM
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले तिहारको भाइटीका ग्रहण गरेका छन्। आज बिहान ११ बजेर ७ मिनेटको शुभसाइतमा राष्ट्रपति भवन शीतल निवासमा पौडेलले बहिनी शारदा पण्डितबाट विधिपूर्वक भाइटीका लगाएका हुन्।सो अवसरमा राष्ट्रपति पौडेललाई बहिनी शारदाले ओखर, बदामसहितका फलफूल र सौगात प्रदान गरिन्। राष्ट्रपतिले पनि बहिनीलाई टीका लगाएर उपहार तथा दक्षिणा प्रदान गरेका छन्।