राष्ट्रपति रामचन्द्र पौडेलले बहिनी शारदा पण्डितबाट भाइटीका लगाएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज बिहान ११ बजेर ७ मिनेटको शुभसाइतमा उनले विधिपूर्वक टीका लगाएका हुन् । टीकापछि बहिनी शारदाले राष्ट्रपतिलाई ओखर, बदामलगायतका फलफूल र उपहार प्रदान गरेकी थिइन् । राष्ट्रपतिले पनि बहिनीलाई टीका लगाएर उपहार तथा दक्षिणा दिएका छन् । नेपाल पञ्चाङ्ग विकास निर्णायक