काठमाडौं : यस वर्षको तिहार अर्थात् भाइटीकाको शुभसाइत सुरु भएको छ। भाइटीका आज दिनभर लगाउन कुनै बाधा नभएपनि साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले बिहान ११:०७ बजेको अभिजित् मुहूर्तको समय निर्धारण गरेको थियो।कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन्। आज भाइटीका पर्व दिदी–बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु,आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ