रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा भाइटीका (तस्बिर)

  • बुधबार २६ कात्िक २०८३ १२:०० PM
काठमाडौं  : भाइटीकाका अवसरमा काठमाडौँस्थित रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा भीड लागेको छ। बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ। दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन्। मन्दिर बिहानैदेखि खुला गरिएको हो।  मन्दिर आज भक्तजन आएसम्म खुला रहनेछ।  २०३५ सालपछि नियमित रूपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर खुल्न थालेको हो। यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनील