दूधको ट्याङ्करको ठक्करबाट बेल्खुमा पैदलयात्रीको मृत्यु

  • बुधबार २६ कात्िक २०८३ १२:०० PM
धादिङ : धादिङको गल्छी गाउँपालिका-४ बेल्खुस्थित पृथ्वी राजमार्गमा दूध बोकेको ट्याङ्करको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।गएराति करिब ९:३० बजे हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश -००६ ख ८४१८ नम्बरको दूध ट्याङ्करले पैदल हिँडिरहेका गजुरी गाउँपालिका-६ बेल्खु निवासी ५५ वर्षीय जितबहादुर श्रेष्ठलाई ठक्कर दिँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि प्रहरीले शव घटनास्थलबाट उठाएर प