बंगलादेशमा फेरि भड्कियो हिंसा, हसिनालाई स्वदेश फर्काउन माग गर्दै समर्थक सडकमा

  • बुधबार २६ कात्िक २०८३ ०५:३५ AM
काठमाण्डु – बंगलादेशकी अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनालाई स्वदेश फर्काउन माग गर्दै उनका समर्थकहरू सडकमा उत्रिएपछि देशभर तनाव र हिंसा भड्किएको छ। प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र रबरका गोली प्रहार गरेको छ। गोपालगन्ज जिल्लामा हसिनाको प्रतिबन्धित राजनीतिक दल अवामी लिगको भ्रातृ संगठन बंगलादेश छात्र लिगका कार्यकर्ता र सुरक्षाकर्मीबीच झडप भएको छ। झडपका क्रममा प्रदर्शनकारीले प्रहरीको