काठमाण्डु – कोशी प्रदेश सरकारले नेपाली भाषाबाहेक थप १३ भाषालाई प्रदेशको सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिएको छ । महागुरु फाल्गुनन्द लिङ्देनको जन्मजयन्तीको अवसरमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बुधबारदेखि कानुनमै भाषा कार्यान्वयन गर्ने घोषणा गरेका हुन् । प्रदेश सरकारले भाषिक विविधतालाई कानुनी रूपमा संस्थागत गर्दै नेपालीबाहेक १३ भाषालाई सरकारी कामकाजमा प्रयोग गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको हो।