बन्दैछ गच्छे–भालुबाङ सडक : १२० किमिको घुमाउरो यात्रा छोट्टिदै

  • बुधबार २६ कात्िक २०८३ ११:०० AM
अर्घाखाँची : नदीपारि रहेको लुम्बिनी प्रदेशको राजधानी भालुबाङ अर्घाखाँचीको सिमानासँगै जोडिएको छ। भौगोलिक रूपमा निकै नजिक रहे पनि प्रदेश राजधानी पुग्न अर्घाखाँचीवासीले लामो र घुमाउरो सडक यात्रा गर्नुपर्ने बाध्यता छ। सदरमुकाम सन्धिखर्कबाट कपिलवस्तुको गोरुसिङ्गे, चन्द्रौटा र धानखोला हुँदै भालुबाङ पुग्न करिब १२० किलोमिटर यात्रा गर्नुपर्छ।तर, अब यो बाध्यता अन्त्य हुने आशा पलाएको छ। सन्धिखर्कको गच्छेबाट ढिकुरा, धनचौर, जुकेना, जलुके, लामाताल र दरबाङ हुँदै भालुबाङ जोड्ने गच्छे–भालुबाङ सडक निर्