भाइटीका : आत्मीयता र पारिवारिक सम्बन्धको पर्व

  • बुधबार २६ कात्िक २०८३ ०४:५३ AM
काठमाण्डु – नेपाली समाजमा भाइटीका केवल तिहारको एउटा धार्मिक संस्कार मात्र होइन, दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, आत्मीयता, विश्वास र पारस्परिक सम्मानलाई अझ गहिरो बनाउने महत्वपूर्ण सांस्कृतिक पर्व हो। तिहारको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका लगाएर दीर्घायु, सुख, शान्ति, समृद्धि तथा सफलताको कामना गर्छन्। यस दिन दाजुभाइले पनि