काठमाण्डु- प्रधानमन्त्रीले भाइटीकाको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन्। भाइटीकाको अवसरमा आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीलाई शुभकामना दिँदै प्रधानमन्त्रीले यस पर्वले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास, आपसी सम्मान र आत्मीयतालाई अझ प्रगाढ बनाउन प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन्। प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत दिएको शुभकामना सन्देशमा भाइटीकासँग जोडिएको पौराणिक मान्यतासमेत स्मरण