सुनसरी : जेनजी आन्दोलनका क्रममा सुनसरीको झुम्का कारागारबाट फरार भएका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।लागुऔषध गाँजा मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेका धनकुटाको सहिदभूमि गाउँपालिका वडा नं. ६ ३३ वर्षीय मनोज परियार फरार भएको लामो समयपछि पक्राउ परेको प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए। उनका अनुसार गत २०८१ साल भदौ २४ गते जेनजी आन्दोलनका क्रममा उनी झुम्का कारागारबाट फरार भएका थिए। उनलाई बराहक्षेत्र नगरपालिका वडा नं. २ चतरा क्षेत्रबाट नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्य