काठमाण्डु – दिदीबहिनी नहुनेका लागि भाइटीकाका दिन काठमाण्डुको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर आज खुला रहने भएको छ । वर्षमा एकपटक भाइटीकाका दिन मात्र खुल्ने यस मन्दिरमा दिदीबहिनी वा दाजुभाइ नहुनेले पूजा, दर्शन गरी टीका लगाउने गर्छन्। बुधबार बिहानैदेखि भक्तजनका लागि बालगोपालेश्वर मन्दिर खुला गरिएको हो । यसैगरी, जयवागेश्वरीस्थित खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी वा