अमेरिका बस्ने नेपालीमूलकी ममता काफ्लेको हत्या प्रकरणमा उनका पति नरेश भट्ट दोषी ठहर भएका छन् । अमेरिकाको भर्जिनियास्थित अदालतले उनलाई मंगलबार दोषी ठहर गरेको हो । प्रिन्स विलियम काउन्टीको अदालतमा सुनुवाइपछि जुरीले नरेशलाई प्रथम श्रेणीको हत्या, शव लुकाउने तथा नष्ट गर्ने र मृत शरीरलाई विकृत बनाउने अभियोगमा दोषी ठहर गरेको हो । उनको सजाय निर्धारण