धादिङ : जेब्रा क्रसिङमै सवारीसाधन पार्किङ गरेर ट्राफिक नियम उल्लङ्घन गर्ने धादिङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य बोध नारायण श्रेष्ठको सवारीसाधनलाई ट्राफिक प्रहरीले जरिवाना गरेको छ। सांसद श्रेष्ठले प्रयोग गर्ने बागमती प्रदेश ०१–०२७ विएवि १३९३ नम्बरको सवारीसाधन धादिङबेसीको बीचबजार चोकस्थित जेब्रा क्रसिङमा पार्किङ गरिएको तस्बिरसहितको समाचार सार्वजनिक भएपछि ट्राफिक प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको हो।जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख शिशिर थापाका अनुसार ट्राफि