काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणका क्रममा नेपाल-भारत सम्बन्धका सबै पक्षमा छलफल हुने भारतीय विदेश मन्त्रालयले जनाएको छ।भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले मंगलबार नयाँदिल्लीमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रधानमन्त्री शाहको भारत भ्रमणबारे जानकारी दिँदै भ्रमणको तयारी र विवरणबारे दुवै देशबीच छलफल भइरहेको बताएका हुन्।पत्रकारको प्रश्नको जवाफ दिँदै प्रवक्ता जैसवालले नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणको निम्तो दिइसकिएको र भ्रमणसम्बन्धी विषयमा दुवै पक्षबीच छलफल