काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल) तेस्रो संस्करणको २१औं खेलमा जनकपुर बोल्ट्स सुदूरपश्चिम रोयल्ससँग २७ रनले पराजित भएको छ। ‘लो स्कोरिङ’ खेलमा सुदूरपश्चिमले १२० को योगफल जोगाउन निकै राम्रो बलिङ गर्यो। यो सुदूरपश्चिमको चौथो जित हो। जनकपुरको भने यो चौथो हार हो। चौथो हार बेहोरेसँगै जनकपुरको प्लेअफ सम्भावना भने निकै झिनो बाँकी रहेको छ। त्रिवि क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२० रन बनाएको हो। सुदूरपश्चिम र