काठमाण्डु- झिनो चुनौती पाउँदा पनि सुदूरपश्चिम रोयल्ससँग २७ रनले पराजित भएपछि जनकपुर बोल्ट्सको नेपाल प्रिमियर लिग (एनपीएल) प्लेअफ यात्रा कठिन बनेको छ। मंगलबार कीर्तिपुरमा भएको खेलमा सुदूरपश्चिमले दिएको १२१ रनको लक्ष्य पछ्याएको जनकपुर १९.५ ओभरमा ९३ रनमै समेटियो। सुदूरपश्चिमले २० ओभरमा ९ विकेट गुमाएर १२० रन बनाएको थियो। जनकपुरका बलरले उसलाई मध्यम योगफलमै रोके पनि