काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल) तेस्रो संस्करणको २१ औं खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध जनकपुर बोल्ट्सले पावरप्लेमा ३ विकेट गुमाएको छ।त्रिवि क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा १२० रन बनाएको थियो। सुदूरपश्चिम रोयल्सले दिएको १२१ रनको लक्ष्य पछ्याइरहेको जनकपुर बोल्ट्सले पावरप्लेमा सोचेअनुरुप सुरुवात गर्न सकेन । पावरप्लेमा जनकपुर बोल्ट्ले ३ विकेट गुमाउँदै २८ रन मात्रै बनायो।पावरप्लेमा जनकपुरका ओपनरद्वय सस्तैमा डपगआउट फर्किए। अनिल शाह २ रनमा क्याच ह