काठमाडौं : अमेरिकी रक्षा मन्त्रालय पेन्टागनमा रक्षा मन्त्री पीट हेगसेथको पत्रकार सम्मेलन सुरु हुनुअघि पत्रकारहरूलाई व्यावसायिक व्यवहार गर्न चेतावनी दिइएको छ। पेन्टागनको ब्रिफिङ कक्षमा उपस्थित ६० देखि ७० जना पत्रकारलाई सैनिक पोसाकमा आएका एक अधिकारीले अनुशासनहीन व्यवहार गरे बाहिर निकाल्ने चेतावनी दिएका हुन्।अधिकारीले पत्रकारहरूको कुनै पनि व्यवहार आफूलाई अनुचित लागे उनीहरूलाई तत्काल कक्षबाट बाहिर पठाइने स्पष्ट पारेका थिए। कस्तो व्यवहारलाई अनुचित वा अव्यावसायिक मानिने भन्नेबारे भने उनले स्पष्ट