ओमानमा जारी यु-१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल पाकिस्तानसँग पराजित भएको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा आज भएको समूह चरणको अन्तिम खेलमा नेपाल पाकिस्तानसँग १०१ रनले पराजित भएको हो । पाकिस्तानले दिएको २७६ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ४३ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै १७४ रनमा समेटियो । नेपालका लागि रोहित चन्दले