सुदूरपश्चिमले जनकपुरलाई दियो १२१ रनको लक्ष्य

  • मङगलबार २५ कात्िक २०८३ ०७:०० PM
काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल) तेस्रो संस्करणको २१ औं खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १२१ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ। त्रिवि क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२० रन बनाए। सुदूरपश्चिम रोयल्सलाई सस्तैमा समेट्न जनकपुर बोल्ट्का कप्तान हर्मित सिंहले ४ विकेट लिए। उनको घातक बलिङमा सुदूरपश्चिमको मध्यक्रम ध्वस्त बनाए। सुदूरपश्चिम रोयल्सका लागि ब्रान्डन म्याकमूलेनले सर्वाधिक ३३ रन बनाए। उनले २३ बलम