भक्तपुर : भक्तपुरमा गएराति जुवातास खेलिरहेको अवस्थामा २४ जना पक्राउ परेका छन्। मध्यपुर थिमि नगरपालिका-५, एसएस चोकस्थित लोकल खाजाघर बाट रु ९९ सय हजार १ सय ५० रुपैयाँ नगद सहित ९ जना पक्राउ परेका जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक दिपककुमार कार्कीले जनाएका छन्। त्यसैगरी चाँगुनारायण नगरपालिका–७, बागेश्वरी स्थित हरिभक्त भारतीको घरबाट रु ९७ हजार नगद सहित १५ जना पक्राउ परेका उनले बताए। उनीहरूलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको बताइएको छ। जिल्ल