काठमाडौं : फ्रान्सेली समाचार संस्था एएफपीका अनुसार साउदी अरबको राजधानी रियादमा विस्फोटका धेरै आवाज सुनिएका छन्।साउदी अरब नेतृत्वको गठबन्धनले यमनका हुथी विद्रोहीले रियादतर्फ प्रहार गरेको एउटा ब्यालिस्टिक क्षेप्यास्त्र आकाशमै नष्ट गरेको दाबी गरेको छ। सोही समयमा रियादमा विस्फोटका आवाज सुनिएका हुन्।एएफपीका पत्रकारहरूले मोबाइल फोनमा हवाई आक्रमणको जोखिमसम्बन्धी सतर्कता सन्देश प्राप्त गरेका थिए। उक्त सन्देशमा सर्वसाधारणलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको थियो। केही समयपछि साउदी अरबको नागरिक सुरक्षा व