काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करणको २१ औं खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सविरुद्ध पावरप्लेमा मध्यम सुरुवात गरेको छ।त्रिवि क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले पावरप्लेमा २ विकेटको क्षतीमा ३५ रन बनाएको हो। सुदूरपश्चिम रोयल्सले पावरप्लेमा दुवै ओपनरको विकेट गुमाएको हो। पहिलो विकेटको रुपमा ओपनर विनोद भण्डारीलाई १० रनमा रनआउटको रुपमा गुमायो। दोस्रो विकेट अर्का ओपनर सैफ जैब १० रनमा राहुल यादवको बलमा बोल्ड भए।हाल क्रिजमा ब्रान्डन म्याकमूलेन ९ र इश