उदयपुर : मदन भण्डारी लोकमार्गअन्तर्गत उदयपुरको त्रियुगा नगरपालिका–१३ बहेर्वा चोकमा माइक्रो बस दुर्घटना हुँदा चालकसहित १० जना घाइते भएका छन्।बेल्टारबाट गाईघाटतर्फ आउँदै गरेको प्र.१-०२-००१ ज ४६२१ नम्बरको माइक्रो बस आज दिउँसो १२:४० बजेको समयमा अचानक अनियन्त्रित भई सडकबाट अन्दाजी १५ मिटर तल खसेर दुर्घटना भएको हो।प्रहरीका अनुसार दुर्घटना भएको गाडीमा चालकसहित जम्मा ११ जना सवार रहेका थिए, जसमध्ये १० जना घाइते भएका छन्। घाइते हुनेहरूकृष्ण के.सी. (चालक, वर्ष ४२, काठमाडौँ महानगरपालिका–३२)