काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वकै प्रमुख प्रविधि कम्पनीमध्ये एक एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङको एक कथित चिनियाँ जासुससँगको सम्बन्धबारे संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले अनुसन्धान गरिरहेको बताएका छन्।अमेरिकाले हुआङलाई चीनको जासुसी अभियानअन्तर्गत निशाना बनाइएको आशंका गरेपछि ट्रम्पले सोमबार उनीसँग कुराकानी गरेको बताएका हुन्।पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले आफूले हुआङलाई ती महिला चिनियाँ जासुस हुन् भन्नेबारे कुनै जानकारी थियो कि थिएन भनेर सोधेको बताए। जवाफमा