अर्घाखाँची : सन्धिखर्क नगरपालिका अर्घाखाँचीस्थित जनता कृष्ण माध्यमिक विद्यालयका बालविज्ञान अध्ययनरत विद्यार्थीहरूले उत्पादन गरेको सयपत्री फूल र मालाले बजार पाउन थालेका छन्। विद्यार्थीहरूले मेहनत र लगनका साथ उत्पादन गरेको फूल अहिले बुटवल, काठमाडौं, भैरहवा र पोखरासम्म बिक्री भइरहेको छ।विद्यालयमा उत्पादित फूल तथा मालाको माग विभिन्न सहरमा बढ्दै गएको शिक्षक प्रकाश भुसालले जानकारी दिए । उनका अनुसार अहिलेसम्म करिब चार क्विन्टल फूल बिक्री भइसकेको छ। यस वर्ष तिहार केही ढिला परेका कारण फूलहरू भने केह