नयाँदिल्ली– इन्डियन प्रिमियर लिग (आईपीएल) मा सन् २०२८ देखि दुई नयाँ फ्रेन्चाइजी थप्नेबारे भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले प्रारम्भिक छलफल गरिरहेको छ। प्रस्ताव अघि बढेमा हालका १० टोली बढेर १२ पुग्नेछन्। पुणे र वडोदरालाई नयाँ टोलीका सम्भावित सहरका रूपमा राखिएको छ। तर बीसीसीआईले यसबारे औपचारिक घोषणा गरेको छैन। सहर छनोटबारेको छलफल प्रारम्भिक चरणमै रहेको